कोरोनाको नयाँ भेरियन्ट बढेको भन्दै सजगता अपनाउन सुर्खेत प्रशासनको अनुरोध
सुर्खेत । सुर्खेत प्रशासनले कोरोना भाइरस (कोभिड—१९) को नयाँ भेरियन्टको त्रास बढिरहेको भन्दै स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ । बुधवार कोभिड सङ्कट व्यवस्थापन समितिको बैठक बसेर प्रशासनले भारतलगायतका देशमा कोभिडको नयाँ भेरियन्ट (वी एफ—७) भित्रिएको खबर आइरहेकाले सजगता अपनाउन आग्रह गरेको हो ।
सुर्खेत कर्णालीको प्रवेशद्वार समेत भएकाले पनि पुनः स्वास्थ्य सजगता अपनाउनुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । उनले भने,‘ हातधुने बानी, मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न छोडिएको र भीडभाड बढेको हुँदा अव पुनः स्वास्थ्य सतर्कता आउनुपर्ने बेला आएको छ ।’
साथै उनले सञ्चार माध्यमहरूले पनि सूचना र सन्देश प्रसारण गरेर सर्वसाधारणलाई सजग गराइदिन आग्रह गर्दै उद्योगी व्यवसायीहरूले पनि स्वास्थ्य सतर्कता अपनाएर व्यापार व्यवसाय गर्न सुझाव उनले निर्देशन दिएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले कोभिडको जोखिम कम भएका कारण परीक्षण, खोप, बजेट लगायत सबै आवश्यक वस्तुहरू अहिले कम हुँदै गएको जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले सुर्खेतमा अहिले ३९० डोज मात्र भेरोसेल खोप भएको जानकारी दिदैं कोभिडको नयाँ जोखिम आएकोले विगतको पूर्वाधार पुनः तयार गर्नुपर्ने बेला आएको बताए । प्रदेश आपूर्ति कार्यालयका प्रमुख डा. शक्ति सुवेदीले कर्णाली प्रदेशभर ४० हजार सिंगल डोज खोप, परीक्षणका लागि २७ हजार थान एन्टिजेन कीट, सवा ३ लाख थान सर्जिकल मास्क र ६० हजार थान एन—९० मास्क, ४७५ थान अक्सिजन सिलिन्डर, ८१ थान अक्सिजन कन्सन्ट्रेटर र २ लाख ट्याव्लेट पारासिटामोल मौज्दात अवस्थामा रहेको जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले वीरेन्द्रनगरमा अहिले पनि कोभिड परीक्षण र खोप लगाउने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण