कोरोनाको नयाँ भेरियन्ट बढेको भन्दै सजगता अपनाउन सुर्खेत प्रशासनको अनुरोध
सुर्खेत । सुर्खेत प्रशासनले कोरोना भाइरस (कोभिड—१९) को नयाँ भेरियन्टको त्रास बढिरहेको भन्दै स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ । बुधवार कोभिड सङ्कट व्यवस्थापन समितिको बैठक बसेर प्रशासनले भारतलगायतका देशमा कोभिडको नयाँ भेरियन्ट (वी एफ—७) भित्रिएको खबर आइरहेकाले सजगता अपनाउन आग्रह गरेको हो ।
सुर्खेत कर्णालीको प्रवेशद्वार समेत भएकाले पनि पुनः स्वास्थ्य सजगता अपनाउनुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । उनले भने,‘ हातधुने बानी, मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न छोडिएको र भीडभाड बढेको हुँदा अव पुनः स्वास्थ्य सतर्कता आउनुपर्ने बेला आएको छ ।’
साथै उनले सञ्चार माध्यमहरूले पनि सूचना र सन्देश प्रसारण गरेर सर्वसाधारणलाई सजग गराइदिन आग्रह गर्दै उद्योगी व्यवसायीहरूले पनि स्वास्थ्य सतर्कता अपनाएर व्यापार व्यवसाय गर्न सुझाव उनले निर्देशन दिएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले कोभिडको जोखिम कम भएका कारण परीक्षण, खोप, बजेट लगायत सबै आवश्यक वस्तुहरू अहिले कम हुँदै गएको जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले सुर्खेतमा अहिले ३९० डोज मात्र भेरोसेल खोप भएको जानकारी दिदैं कोभिडको नयाँ जोखिम आएकोले विगतको पूर्वाधार पुनः तयार गर्नुपर्ने बेला आएको बताए । प्रदेश आपूर्ति कार्यालयका प्रमुख डा. शक्ति सुवेदीले कर्णाली प्रदेशभर ४० हजार सिंगल डोज खोप, परीक्षणका लागि २७ हजार थान एन्टिजेन कीट, सवा ३ लाख थान सर्जिकल मास्क र ६० हजार थान एन—९० मास्क, ४७५ थान अक्सिजन सिलिन्डर, ८१ थान अक्सिजन कन्सन्ट्रेटर र २ लाख ट्याव्लेट पारासिटामोल मौज्दात अवस्थामा रहेको जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले वीरेन्द्रनगरमा अहिले पनि कोभिड परीक्षण र खोप लगाउने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’