प्रदेश सरकारले पूर्वाधार बिनै विश्वविद्यालय बनाउनु गलत : अध्यक्ष डा.दत्त
धनुषा । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले प्रदेश सरकारहरूले पूर्वाधारहरूको तयारी नगरी धमाधम विभिन्न विश्वविद्यालयहरूको स्थापना गर्नु गलत रहेको बताएका छन् । मधेस कृषि विश्वविद्यालयको अवलोकन गर्न पुगेका अध्यक्ष दत्तले नामको लागि मात्र नभएर पूर्वाधार तथा बजेटको उचित व्यवस्थापन गरी विश्वविद्यालय बनाउनुपर्ने कुरामा जोड दिए ।
अध्यक्ष दत्तले विना बजेट र पूर्वाधारको विश्वविद्यालयले शैक्षिकस्तरमा अभिवृद्धि गर्न नसक्ने समेत धारणा राखे । सो क्रममा आयोगका अध्यक्ष दत्तलाई विश्वविद्यालयका उपकुलपति वैद्यनाथ महतो र रजिस्ट्रार भगवान् ठाकुरले विश्वविद्यालयको गतिविधिबारे जानकारी गराउँदै विश्वविद्यालयसँग अहिले आफ्नो भवन र जग्गा नरहेको तथा एउटा स्कुलको भवनलाई भाडामा लिएर विश्वविद्यालय सञ्चालन गरिरहेको बताएका थिए ।
प्रगति विवरणको जानकारी लिएपछि अध्यक्ष दत्तले पदाधिकारीहरूले विना बजेट तथा पूर्वाधार धेरै काम गरेको प्रशंसा गर्दै विश्वविद्यालयलाई देशकै नमुना तथा उत्कृष्ट बनाउन आयोगले समन्वयात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण