बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारले पूर्वाधार बिनै विश्वविद्यालय बनाउनु गलत : अध्यक्ष डा.दत्त

बुधबार, २० पुस २०७९, १९ : ४०
बुधबार, २० पुस २०७९

धनुषा । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले प्रदेश सरकारहरूले पूर्वाधारहरूको तयारी नगरी धमाधम विभिन्न विश्वविद्यालयहरूको स्थापना गर्नु गलत रहेको बताएका छन् । मधेस कृषि विश्वविद्यालयको अवलोकन गर्न पुगेका अध्यक्ष  दत्तले नामको लागि मात्र नभएर पूर्वाधार तथा बजेटको उचित व्यवस्थापन गरी विश्वविद्यालय बनाउनुपर्ने कुरामा जोड दिए ।

अध्यक्ष दत्तले विना बजेट र पूर्वाधारको विश्वविद्यालयले शैक्षिकस्तरमा अभिवृद्धि गर्न नसक्ने समेत धारणा राखे । सो क्रममा आयोगका अध्यक्ष दत्तलाई विश्वविद्यालयका उपकुलपति वैद्यनाथ महतो र रजिस्ट्रार भगवान् ठाकुरले विश्वविद्यालयको गतिविधिबारे जानकारी गराउँदै विश्वविद्यालयसँग अहिले आफ्नो भवन र जग्गा नरहेको तथा एउटा स्कुलको भवनलाई भाडामा लिएर विश्वविद्यालय सञ्चालन गरिरहेको बताएका थिए ।

प्रगति विवरणको जानकारी लिएपछि अध्यक्ष  दत्तले पदाधिकारीहरूले विना बजेट तथा पूर्वाधार धेरै काम गरेको प्रशंसा गर्दै विश्वविद्यालयलाई देशकै नमुना तथा उत्कृष्ट बनाउन आयोगले समन्वयात्मक भूमिका खेल्ने  प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप