जसपाको छानबिन समितिले थाल्यो काम, निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकद्वारा गठित छानबिन समितिले आफ्नो काम थालेको छ ।
२०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, निष्क्रिय रहने, असहयोग गर्ने, पार्टीविरुद्ध गतिविधि गर्ने संघीय परिषद् सदस्य तथा केन्द्रीय समितिका सदस्यहरूमाथि छानबिन हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
त्यसका लागि पार्टीको प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र स्थानीय समितिहरूसँग उपलब्ध सबुत प्रमाणहरू, चिठी पत्र, भ्वाइस रेकर्ड र सामाजिक सञ्जालमा प्रयोग गरिएका प्रमाण लगायत प्रचारप्रसार सामाग्री उपलब्ध गराउन छानबिन समितिले माग गरेको उनको भनाई छ ।
छानबिन समितिले आफ्नो कार्य सम्पन्न गर्नका लागि माघ मसान्त सम्मको समय सीमा पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण