माधव नेपालसँग भएको भेटवार्ताबारे प्रचण्डले गरे गठबन्धनको बैठकमा ब्रिफिङ
काठमाडौं । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भएको भेटबारे ब्रिफिङ गरेका छन् । भेटका क्रममा नेपालसँग सकारात्मक कुराकानी भएको प्रचण्डले बैठकमा बताएका थिए ।
आफूले विश्वासको मत लिने क्रममा सहयोग गर्न नेपाललाई आग्रह गर्दा सकारात्मक जवाफ दिएको प्रचण्डको भनाइ थियो । बैठकपछि उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले प्रचण्डले नेपालसँगको भेटबारे बैठकमा सामान्य जानकारी गराएको बताए । बैठकमा प्रचण्डले नेपालसँग आफूले मत मागेको बताएको लामिछानेको भनाइ थियो ।
आजै नेपाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । नेपालको पार्टीलाई सरकारमा सहभागी हुन प्रचण्डले आग्रह गर्दै आएका छन् । तर, सो पार्टी अनिर्णीत हुँदै आएको छ । आजैमात्रै नेपालले आफूले प्रचण्डको मुख हेरेर निर्णय नगर्ने भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे पुस २६ गते नै निर्णय गर्ने बताएका थिए । नेपालले प्रचण्डलाई प्रधानमन्त्री हुन राष्ट्रपतिलाई हस्ताक्षर बुझाउँदा सहयोग गरेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण