क्रिकेटमा ‘फिक्सिङ’ भएको आशङ्कामा सिआईबीले थाल्यो अनुसन्धान
काठमाडौँ । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा म्याच फिक्सिङ भएको आशङ्कामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ । फिक्सिङ भएको सूचनाको आधारमा अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए ।
नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले क्रिकेटमा फिक्सिङ भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर उनले भनेका छन्–‘लिगमा हुने फिक्सिङले नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको छ ।’
त्रिवि खेल मैदानमा जारी नेपाल टी–२० लिगमा खेलाडीहरूले पारिश्रमिक पनि नपाएको गुनासो गरेका छन् । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले फिक्सिङबारे अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन सेभेन–३ स्पोर्टले लिएको छ । सो कम्पनीका सञ्चालक जितेन अग्रवाल हुन् । केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सञ्जय सिंह थापाले अनुसन्धानको नेतृत्व गरेका छन् । फिक्सिङ पुष्टि भएको अवस्था नभएको र प्रमाण सङ्कलन गर्ने काम भइरहेको एआईजी सुवेदीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण