सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस युनियन कर्णाली प्रदेशको अधिवेशनमा तनाव, दुई पक्षबीच माइक खोसाखोस

बिहीबार, २१ पुस २०७९, १२ : ०१
बिहीबार, २१ पुस २०७९

सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच विवाद भएको छ ।

बिहीबार वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर युनियनका नेताहरूले पार्षद्को विषयलाई लिएर विवाद उठाएपछि लफडा भएको हो । 

संस्थापन इतर पक्षधरका पार्षदहरु धेरै भएको र संस्थापन पक्षधर पार्षदहरुको नाम काटिएको भन्दै युनियनका हुम्ला प्रतिनिधिले माइक नै चुँडाएका थिए । 

कार्यक्रममा एक सहभागीले भने,‘ दुई पक्षधरबीच माइक खोसाखोसको स्थिति सृजना भएको थियो ।’

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानी लगायतको सहभागिता थियो । उनीहरूकै अगाडि माइक खोसाखोस भएपछि कार्यक्रम केही समय रोकिएको थियो । 

यद्यपि कार्यक्रममा सहभागी संस्थापन पक्षधर युनियनका एक नेताले भने सामान्य विवाद भएको बताए । उनले भने,‘त्यसलाई ठुलो विषय बनाउन आवश्यक छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप