शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपामा संसदीय दलका चयन गर्ने प्रक्रिया सुरु

बिहीबार, २१ पुस २०७९, १५ : ०१
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेस प्रदेशमा संसदीय दलको नेता चयन गर्न प्रक्रिया सुरु भएको छ । संसदीय दलको विधान तयार गरी बिहीबार त्यसमा छलफल चलिरहेको हो । 

जसपा प्रदेश सभा सदस्य रामअषिश यादवका अनुसार अहिले संसदीय दलको विधानमा छलफल चलिरहेको छ । विधान पारित भएपछि संसदीय दलको नेता चयन गर्ने प्रक्रियामा प्रवेश गर्ने उनले बताए ।

मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाउने भएपछि संसदीय दलको नेतामा धेरै नेताको आकर्षण बढेको छ । जसपाका प्रदेशसभा सदस्य लालबाबु राउत, राजकुमार गुप्ता, रामअषिश यादव, सरोज यादवलगायतले संसदीय दलका नेताका लागि प्रयास गरिरहेका छन् ।

यद्यपि सरोज यादवलाई संसदीय दलको नेता बनाउने कुरा केन्द्रीय तहबाट संकेत दिइसकेको बताइन्छ । यसअघि लालबाबु राउत संसदीय दलको नेता थिए र उनी हालसम्म त्यहाँका मुख्यमन्त्री हुन् । उनले पुनः संसदीय दलका नेताका लागि प्रयास गरिरहेका छन् । सरोज यादव यसअघि प्रदेश सभाका सभामुख थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप