मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

वाम एकताका लागि एकीकृत समाजवादीले बनायो कार्यदल

बिहीबार, २१ पुस २०७९, १५ : ३७
बिहीबार, २१ पुस २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वाम एकताको प्रक्रिया अघि बढाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । 

बिहीबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनका अनुसार कार्यदलको सदस्यहरूमा नेताहरू गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन् । उक्त कार्यदलले वाम एकताका लागि वार्ता, संवाद, छलफल र पहलको अगुवाइ गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप