बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्सेको कारोबार ५ अर्ब कट्यो, आधा दर्जन कम्पनीको मूल्यमा सर्किट

बिहीबार, २१ पुस २०७९, १५ : ४१
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार कारोबार ५ अर्बमाथि कटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १८.०९ अङ्कले बढ्दै २१४३.९३ विन्दुमा पुग्दा ५ अर्ब ४ करोड ७ लाख रुपैयाँको कारोबार भएको हो ।  यस दिन पनि सबैभन्दा बढी हिमालयन डिस्टिलरीको ४३ करोड १९ लाख ६६ हजार रुपैयाँ बराबरको २ हजार ९६९ कित्ता सेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको २१ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ५४३.७० कित्ता सेयर किनबेच भएको छ । 

१८ अंकमाथिले नेप्से सूचक बढ्दा आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो । यस्तै, आधा दर्जन कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेका छन् ।  आज बैङ्किङ र अन्य समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप