नेप्सेको कारोबार ५ अर्ब कट्यो, आधा दर्जन कम्पनीको मूल्यमा सर्किट
काठमाडौँ । लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार कारोबार ५ अर्बमाथि कटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १८.०९ अङ्कले बढ्दै २१४३.९३ विन्दुमा पुग्दा ५ अर्ब ४ करोड ७ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन पनि सबैभन्दा बढी हिमालयन डिस्टिलरीको ४३ करोड १९ लाख ६६ हजार रुपैयाँ बराबरको २ हजार ९६९ कित्ता सेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको २१ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ५४३.७० कित्ता सेयर किनबेच भएको छ ।
१८ अंकमाथिले नेप्से सूचक बढ्दा आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो । यस्तै, आधा दर्जन कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेका छन् । आज बैङ्किङ र अन्य समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण