मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीले परिस्थिति हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने

बिहीबार, २१ पुस २०७९, २२ : ४३
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले परिस्थिति हेरेर विश्वासको मत दिने भएको छ । पार्टी सचिवालय बैठकपछि बोल्दै पार्टी प्रचार विभाग प्रमुख खतिवडाले सबै परिस्थितिको आकलन गरेर मात्रै विश्वासको मत दिने नदिने निर्णय हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले आगामी पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् । एकीकृत  समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेको छैन । सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रालय भागवण्डा लगायत विविध विषयमा ख्याल गरेर मात्रै विश्वासको मत दिने तयारी गरेको हो ।

यसैबीच रातोपाटीसँग कुरा गर्दै खतिवडाले भने, ‘सरकारलाई समर्थन गर्ने नगर्ने भन्नेमा धारणा बनाउनै परेन ।’ साथै उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधवकुमार नेपालबीचको भेटलाई ‘निजी भेट’, भन्दै विश्वासको मत दिनेबारे पार्टीले कुनै निर्णय नगरेको दोहोर्याए । 
‘त्यो उहाँहरुको निजी भेट हो, पार्टीलाई समर्थनका लागि प्रस्ताव आएको छैन, प्रस्ताव नै नआएपछि  निर्णय गर्न नै परेन’, खतिवडाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप