शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार संघको अध्यक्षमा निरौला र श्रेष्ठको उम्मेदवारी घोषणा

बिहीबार, २१ पुस २०७९, १६ : २२
बिहीबार, २१ पुस २०७९

काठमाडौं ।  नेपाली कलाकारहरूको छाता संस्था नेपाल चलचित्र कलाकार संघले आगामी चैत ४ गतेलाई १९औं महाधिवेशनको मिति तय गरेपछि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न सुरु भएको छ ।  यस्तैमा कलाकार मोहन निरौला र सविन श्रेष्ठले अध्यक्ष पद तथा अभिनेता डीबी बम्जनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता रहेका निरौलाले एजेण्डामा फिल्म क्षेत्रको संरक्षण र संवर्द्धन, कलाकारको वर्गीय हित र उत्थान, सामाजिक परिवेशलाई अगाडि सारेका छन् । सविनले भने एजेण्डा सार्वजनिक गर्न बाँकी रहेको छ । त्यस्ता अध्यक्षका उम्मेदवार सविन श्रेष्ठको प्यानलबाट अभिनेता डीबी बम्जनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

‘धुवाँ यो नशा’ बाट अभिनय करिअर थालेका बम्जन नयाँ पुस्तालाई नेतृत्व दिएर कलाकार संघलाई अघि बढाउन आग्रह गर्दै उम्मेदवार बनेका हुन् । बम्जनले पेसागत हकहितलाई चुनावी एजेण्डा बनाउने बताए । अभिनेता बम्जनले धुवाँ यो नशासहित रेलीमाई, हिरो रिटन्स, रुमालै छ चिनो, छिरिङ, फिर्केमालगायत अभिनय गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप