कलाकार संघको अध्यक्षमा निरौला र श्रेष्ठको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कलाकारहरूको छाता संस्था नेपाल चलचित्र कलाकार संघले आगामी चैत ४ गतेलाई १९औं महाधिवेशनको मिति तय गरेपछि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न सुरु भएको छ । यस्तैमा कलाकार मोहन निरौला र सविन श्रेष्ठले अध्यक्ष पद तथा अभिनेता डीबी बम्जनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता रहेका निरौलाले एजेण्डामा फिल्म क्षेत्रको संरक्षण र संवर्द्धन, कलाकारको वर्गीय हित र उत्थान, सामाजिक परिवेशलाई अगाडि सारेका छन् । सविनले भने एजेण्डा सार्वजनिक गर्न बाँकी रहेको छ । त्यस्ता अध्यक्षका उम्मेदवार सविन श्रेष्ठको प्यानलबाट अभिनेता डीबी बम्जनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
‘धुवाँ यो नशा’ बाट अभिनय करिअर थालेका बम्जन नयाँ पुस्तालाई नेतृत्व दिएर कलाकार संघलाई अघि बढाउन आग्रह गर्दै उम्मेदवार बनेका हुन् । बम्जनले पेसागत हकहितलाई चुनावी एजेण्डा बनाउने बताए । अभिनेता बम्जनले धुवाँ यो नशासहित रेलीमाई, हिरो रिटन्स, रुमालै छ चिनो, छिरिङ, फिर्केमालगायत अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण