किन दीपाश्रीको सिउँदोमा सिन्दूर ?
काठमाडौँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको एक तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । तस्बिरमा दीपाश्रीको सिउँदो सिन्दूरले रंगिएको छ ।
चन्दागिरीका भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा एकदिन अगाडि पोस्ट भएको उक्त तस्बिरलाई लिएर विभिन्न अडकलबाजी हुन थालेका छन् । टिकटकको पोष्टमा थुप्रैले कमेन्ट गरेका छन् । अविवाहित दीपाको सिउँदोमा सिन्दूर कहाँबाट आयो ?, दीपा दिदीलाई सिन्दूर कसले लगाइदियो ? जस्ता जिज्ञासापूर्ण प्रश्न कमेन्ट गरिएका छन् । तस्बिरमा दीपासँगै पुजारीका अलावा दीपकराज गिरी पनि देखिएका छन् । दीपाश्री सिन्दूरका साथ रातो सारीमा सजिएकी छन् ।
दीपाको सिउँदोमा सिन्दूर फिल्म ‘छक्कापञ्जा ४’ का कारण भएको हो । फिल्मको एक गीत हालै चन्द्रागिरिको भालेस्वरमा खिचिएको छ । फिल्म ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको सुटिङ अहिले काठमाडौंमा चलिरहेको छ । फिल्म फागुन १९ गते प्रदर्शनको तयारीमा छ । फिल्मका निर्माता निर्मल शर्मा गैडा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण