शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किन दीपाश्रीको सिउँदोमा सिन्दूर ?

बिहीबार, २१ पुस २०७९, १७ : ५५
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको एक तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । तस्बिरमा दीपाश्रीको सिउँदो सिन्दूरले रंगिएको छ । 

चन्दागिरीका भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा एकदिन अगाडि पोस्ट भएको उक्त तस्बिरलाई लिएर विभिन्न अडकलबाजी हुन थालेका छन् । टिकटकको पोष्टमा थुप्रैले कमेन्ट गरेका छन् । अविवाहित दीपाको सिउँदोमा सिन्दूर कहाँबाट आयो ?, दीपा दिदीलाई सिन्दूर कसले लगाइदियो ? जस्ता जिज्ञासापूर्ण प्रश्न कमेन्ट गरिएका छन् । तस्बिरमा दीपासँगै पुजारीका अलावा दीपकराज गिरी पनि देखिएका छन् । दीपाश्री सिन्दूरका साथ रातो सारीमा सजिएकी छन् । 

दीपाको सिउँदोमा सिन्दूर फिल्म ‘छक्कापञ्जा ४’ का कारण भएको हो । फिल्मको एक गीत हालै चन्द्रागिरिको भालेस्वरमा खिचिएको छ । फिल्म ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको सुटिङ अहिले काठमाडौंमा चलिरहेको छ । फिल्म फागुन १९ गते प्रदर्शनको तयारीमा छ । फिल्मका निर्माता निर्मल शर्मा गैडा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप