नयाँ दिल्लीमा सन् २०२२ मा ४ हजार ५०० डेंगुका बिरामी, ९ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सन् २०२२ मा चार हजारभन्दा बढीमा डेंगु देखिएको छ । साथै डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको दिल्ली नगर निगम (एमसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।
तथ्याङ्क अनुसार गत अक्टोबरमा दिल्लीमा सबैभन्दा बढी डेङ्गुका बिरामी फेला परेका छन् । डेंगु लामखुट्टेबाट सर्ने भाइरल रोग हो जुन हालैका वर्षहरूमा सबै क्षेत्रमा तीव्र रूपमा फैलिएको छ। यो भाइरस पोथी लामखुट्टेको टोकाइबाट सर्छ।
यसको सङ्क्रमणबाट ज्वरो आउँने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, रक्तस्राव हुने लगायतका लक्षणहरू देखा पर्छन् । यसैगरी सन् २०२१ मा दिल्लीमा नौ हाजर ६१३ जनामा डेंगु देखिएको थियो भने २३ जनाको मृत्यु भएको थियो ।
त्यसैगरी सन् २०२० मा दिल्लीमा डेंगुका बिरामीको सङ्ख्या एक हजार ७२ जना रहेको थियो भने एकजनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण