नयाँ दिल्लीमा सन् २०२२ मा ४ हजार ५०० डेंगुका बिरामी, ९ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सन् २०२२ मा चार हजारभन्दा बढीमा डेंगु देखिएको छ । साथै डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको दिल्ली नगर निगम (एमसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।
तथ्याङ्क अनुसार गत अक्टोबरमा दिल्लीमा सबैभन्दा बढी डेङ्गुका बिरामी फेला परेका छन् । डेंगु लामखुट्टेबाट सर्ने भाइरल रोग हो जुन हालैका वर्षहरूमा सबै क्षेत्रमा तीव्र रूपमा फैलिएको छ। यो भाइरस पोथी लामखुट्टेको टोकाइबाट सर्छ।
यसको सङ्क्रमणबाट ज्वरो आउँने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, रक्तस्राव हुने लगायतका लक्षणहरू देखा पर्छन् । यसैगरी सन् २०२१ मा दिल्लीमा नौ हाजर ६१३ जनामा डेंगु देखिएको थियो भने २३ जनाको मृत्यु भएको थियो ।
त्यसैगरी सन् २०२० मा दिल्लीमा डेंगुका बिरामीको सङ्ख्या एक हजार ७२ जना रहेको थियो भने एकजनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिनाविरूद्ध पक्राउ पूर्जी जारी
-
रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल
-
रातो मच्छिन्द्रनाथको भोटो देखाइयो (तस्बिरहरू)
-
गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेद
-
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा चिनियाँ पक्षले के–कस्ता चासो राखे ?
-
जिल्ला प्रहरी परिसर काठमाडौँबाटै समातिए सांसद दिपक सिंह