खुंखार डन अल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोमा भड्कियो दंगा
लागूऔषध तस्कर अल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोको सिनालोआमा दंगा भड्किएको छ, जसमा दुई जनाको मृत्यु भएको छ । ओभिडियो गुस्मान लोपेजले आफूलाई आफ्नो पिताका ड्रग कार्टेलको प्रमुख बताउँछन् ।
ओभिडियोलाई सिनालोआ राज्यको कुलियाकान सहरमा ६ महिनाको निगरानीपछि पक्राउ गरिएको हो ।
पक्राउपछि गिरोहका सदस्यहरूले सडक अवरुद्ध, सवारी साधनमा आगजनी र स्थानीय विमानस्थलमा आक्रमण गरेका थिए । उड्ने तयारी गर्दै गर्दा यात्रुवाहक विमानमा गोली प्रहार भएको थियो ।
सिनालोआका तीनवटा विमानस्थलमा सयभन्दा बढी उडान रद्द भएका छन् । राज्यका गभर्नरले १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ।
मेक्सिकोका रक्षामन्त्रीका अनुसार ओभिडियो गुजमान लोपेजलाई सिनालोआ ड्रग कार्टेल चलाएको आरोप छ । यो विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करी संगठन हो ।
ओभिडियोका बुबा अल चापो गुस्मान अमेरिकामा आजीवन कारावासको सजाय भोगिरहेका छन् । उनी सन् २०१९ मा लागुऔषध ओसारपसार र सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण