निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका अएडी परिवारलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा भएको झडपमा परी मृत्यु भएका बाजुराका सञ्जिव ऐडी र चेतन अएडीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मृतकका परिवारलाई सन्दीप र चेतनको परिवारलाई १० लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यसैगरी सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्नका प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचन माघ २५ गते बुधवार निर्वाचन मिति तोक्ने निर्णय गरेको छ । साथै केही समयअघि कम्वोडियाको एक होटलमा आगलागीका क्रममा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च पनि सरकारले बेहोर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण