मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका अएडी परिवारलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय

शुक्रबार, २२ पुस २०७९, ११ : ५८
शुक्रबार, २२ पुस २०७९

काठमाडौँ । सरकारले गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा भएको झडपमा परी मृत्यु भएका बाजुराका सञ्जिव ऐडी र चेतन अएडीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मृतकका परिवारलाई  सन्दीप र चेतनको परिवारलाई १० लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । 

त्यसैगरी सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्नका प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचन माघ २५ गते बुधवार निर्वाचन मिति तोक्ने निर्णय गरेको छ ।  साथै केही समयअघि कम्वोडियाको एक होटलमा आगलागीका क्रममा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च पनि सरकारले बेहोर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप