पोखरामा करेन्ट लागेर युवकको मृत्यु
शुक्रबार, २२ पुस २०७९, १२ : १४

पोखरा । पोखरामा एक युवकको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा मृत्यु भएको छ । पोखरा १६ माथिल्लो दीप बस्ने १९ वर्षीय श्रम गुरुङको आफ्नै दुई तले घरको छतमा गएका बेला अचानक हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यु भएको हो ।
बिहीबार बिहान करिब साढे ९ बजे करेन्ट लागेर घाइते भएका गुरुङको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।