प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा बोल्न समय दिने निर्णय

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठकमा संसदमा प्रतिनिधि गर्ने राजनीतिक दलका प्रतिनिधिलाई दलीय आधारमा समय निर्धारण गरेर बोल्न दिने निर्णय भएको छ । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षमा नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा यसबारे निर्णय भएको हो ।
पहिलो बैठकलाई करिब २ घण्टा समय निर्धारण गरेर दलको आकार अनुसार बोल्ने समय निर्धारण गरिने निर्णय भएको संघीय संसद सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
बैठकमा सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रतिनिधि सभाको बैठकलाई के कसरी अगाडि बढाउने, कार्यव्यवस्था परामर्श समितिको चयन नभएसम्म बैठक सञ्चालन प्रक्रियाको बारेमा छलफल भएको छ । यस्तै प्रतिनिधिसभा नियमावलीमा भएका व्यवस्था अनुसार बैठक सञ्चालन गर्ने निर्णय र आवश्यक भएका नियमावली संसोधनका लागि मस्यौदा समिति निर्माण गर्ने बारेपनि छलफल भएको छ । दोश्रो सर्वदलीय बैठक पुस २६ गते ११ बजे गर्ने निर्णय भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
ट्रान्सफर्मर चोरी भएपछि सयौँ परिवार खानेपानीबाट वञ्चित
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान