प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा बोल्न समय दिने निर्णय
काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठकमा संसदमा प्रतिनिधि गर्ने राजनीतिक दलका प्रतिनिधिलाई दलीय आधारमा समय निर्धारण गरेर बोल्न दिने निर्णय भएको छ । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षमा नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा यसबारे निर्णय भएको हो ।
पहिलो बैठकलाई करिब २ घण्टा समय निर्धारण गरेर दलको आकार अनुसार बोल्ने समय निर्धारण गरिने निर्णय भएको संघीय संसद सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
बैठकमा सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रतिनिधि सभाको बैठकलाई के कसरी अगाडि बढाउने, कार्यव्यवस्था परामर्श समितिको चयन नभएसम्म बैठक सञ्चालन प्रक्रियाको बारेमा छलफल भएको छ । यस्तै प्रतिनिधिसभा नियमावलीमा भएका व्यवस्था अनुसार बैठक सञ्चालन गर्ने निर्णय र आवश्यक भएका नियमावली संसोधनका लागि मस्यौदा समिति निर्माण गर्ने बारेपनि छलफल भएको छ । दोश्रो सर्वदलीय बैठक पुस २६ गते ११ बजे गर्ने निर्णय भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण