जसपा र लोसपाले मधेस प्रदेशमा संसदीय दलको नेता चयन गर्दै
धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशको प्रदेश सभाका लागि संसदीय दलको नेता आज चयन गर्ने भएका छन् ।
जसपा मधेस प्रदेश संसदीय दलको बैठक जनकपुरको मधेस भवनमा सुरु भएको छ । संसदीय दलले हिजोको बैठकबाट दलको विधान पारित गरेको छ । सोही विधानअनुसार आज संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।
जसपा प्रदेश सभाका सदस्य संजय यादवका अनुसार आजको बैठकले सर्वसम्मतिबाट संसदीय दलको नेता चयन हुनेछ । सर्वसम्मतिबाट नेता चयन हुन सकेन भने भोलि चुनावी प्रक्रियामा जाने उनले बताए । संसदीय दलको नेता चयन गर्नका लागि जसपाका केन्द्रीय सदस्य लालकिशोर साहको संयोजकत्वमा समिति बनेको छ ।
सर्वसम्मतिले नेता चयन नभए समितिले भोलिदेखि चुनावी प्रक्रिया सुरु गर्ने बताइएको छ । जसपा मधेस प्रदेशका लागि संसदीय दलको नेतामा लालबाबु राउत, रामअशिष यादव, सरोज यादव, राजकुमार गुप्ता, मनिष सुमनलगायतका नेताहरू आकाँक्षी छन् ।
त्यस्तै, लोसपा मधेस प्रदेश संसदीय दलको बैठक पनि जनकपुरमा सुरु भएको छ । लोसपामा पनि सर्वसम्मतिबाट नेता चयन गर्ने प्रयास भइरहेको छ । अहिलेसम्म संसदीय दलको नेतामा जितेन्द्र सोनलको नाम चर्चामा आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण