शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेको दुनियाँमा कहाँ पर्छ एडम र इभको जन्मस्थान ‘गार्डेन अफ इडेन’ ?

शुक्रबार, २२ पुस २०७९, १८ : १७
शुक्रबार, २२ पुस २०७९

गार्डेन अफ इडेनको कुरा इसाई धर्ममा निकै राम्रो पौराणिक कहानी अन्तर्गत आउँछ । तर के यो आज पनि छ त ? यदि छ भने विश्वको नक्सामा कुन ठाउँमा ? यदि कुनै पूर्वाग्रह र धार्मिक भावनालाई ठेस नपुर्याई यो स्थानलाई खोज्ने हो भने सायद गार्डेन अफ इडेनको सांकेतिक भाषाको आधारमा यसको वर्तमान स्थानबारे केही जानकारी पत्ता लगाउन सकिन्छ । यद्यपि, यो सही नै हुनुपर्छ भन्ने चाहिँ छैन ।

पहिलो पटक मानिस कहाँ बनाइएका थिए भन्ने कुरा आउँदा गार्डेन अफ इडेनको कुरा आउँछ । मानिस अर्थात् हामी । पहिला एक जोडी मानिस । महिला र पुरुष । नाम थियो एडम र इभ । उनीहरु आरामले यो बगैँचामा घुमिरहे । उत्कृष्ट जीवन बिताइरहे, जबसम्म त्यहाँ एक सर्प र एक फल आउँदैन । यो एक सांकेतिक कहानी हो जसमा मानिस पहिला बच्चाजस्तै सफा दिमागका थिए भनेर बताइएको छ । पछि उनीहरु विकसित भए । स्वतन्त्रता र ज्ञानतर्फ अघि बढे । गलत विचार आए । उनीहरु मृत्युतर्फ अघि बढे ।

जेनेसिस २ः१०–१४ मा लेखिए अनुसार गार्डेन त्यो स्थानमा थियो जहाँ इडेनबाट एउटा नदी निस्कन्छ । त्यसले बगैँचालाई सिँचित गर्छ तर पछि चार भागमा बाँडिन्छ । पहिलो नाम पिसोन हो । त्यसमा हविलाहको पूरा इलाका आउँछ । अर्थात्, सुत्ने स्थान । सुत्ने स्थान अर्थात् राम्रो कामको स्थान । त्यहाँ नै थियो डेलियम र ओनिक्स स्टोन । अर्को नदीको नाम हो गिहोन ।

गिहोन अर्थात् कुसको पूरा जमिन । तेस्रो नदीको नाम हो टिगरिस । यो नदी अशरको पूर्वतर्फ अघि बढ्छ । चौथो नदी हो युफ्रेट्स । यहाँ चारै नदी मिल्छ । यीमध्ये दुई नदी आज पनि छन् । टिगरिस र युफ्रेट्स । यसको सुरुवात टर्की हुँदै सिरिया, इराक हुँदै फारसीको खाडी (पर्सियन गल्फ) मा समाप्त हुन्छ । यद्यपि, पिशोन र गिहोन नदी कहाँ छन्, यसको वर्तमान समयमा कुनै जानकारी भेटिँदैन । केही पुरातत्वविद्का अनुसार यीमध्ये एक नदी भारतको गंगा र दोस्रो इजिप्टको नाइल नली हो । यत्तिको दुरी बीच गार्डेन अफ इडेन हुनु थोरै असम्भव जस्तो लाग्छ ।

खैर कुरा गरौँ टिगरिस र युफ्रेट्सको । यी दुबै नदी इराक र इरानको सीमामा फारसको खाडीभन्दा अलि अगाडि मिल्छ । जहाँ यसको मिलन हुन्छ, त्यो स्थानको नाम हो शत अल–अरब । तर केही मानिसका अनुसार यो स्थान अफ्रिकामा पनि हुनसक्छ । किनभने पृथ्वीमा मानिसको सुरुवात यहिँबाट नै भएको थियो । गार्डेन अफ इडेनको पछाडि पनि यहि मान्यता छ । क्रेडल अफ ह्युमनकाइन्ड जोहान्सबर्गबाट ५० किलोमिटर टाढा उत्तर–पश्चिममा स्थित छ ।

क्रेडल अफ ह्युमनकाइन्डमा नै सबैभन्दा बढी प्राचीन मानिसको अवशेष भेटिएको छ । यहाँबाट मानिसका ती पूर्वजको पनि अवेशष भेटियो जो करिब ३७ लाख अघि यहाँ बस्थे । तर केही मानिसले गार्डेन अफ इडेन त्यहाँ हो जस्तो नलाग्ने बताएका छन् किनभने आधुनिक मानिसको विकास त इथियोपियाको आसपास भएको हो । यद्यपि, वैज्ञानिक रुपमा हेर्ने हो भने सबैभन्दा उत्कृष्ट स्थान आजको समयमा दक्षिण अफ्रिका र इथियोपिया नै हो जहाँ गार्डेन अफ इडेन हुनसक्थ्यो । किनभने यी स्थानमा कुनै जमानामा चार नदी बग्ने गर्दथे । एकअर्कासँग मिल्थे पनि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप