इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन् । पुरानो ऋण र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तिर्नुपर्ने बक्यौता देखाउँदै निगमले पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य नघटाउँदा उपभोक्ता महँगोमा इन्धन प्रयोग गर्न बाध्य छन् ।
निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा ९९ रुपैयाँ ५३ पैसा र आन्तरिकतर्फ ४८ रुपैयाँ ८१ पैसा नाफा राखेर बिक्री गरिरहेको छ । त्यसै गरी निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६६ पैसा र डिजेलमा ७ रुपैयाँ १८ पैसा नाफा छ । उपभोक्ताको ढाड सेक्ने गरी धेरै नाफा राखेर निगमले इन्धन बिक्री गरिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए । 'निगमले विगतको ऋण देखाएर अहिले सस्तोमा इन्धन खरिद गर्दा पनि महँगोमा बिक्री गरिरहेको छ,' उनले भने, 'तुरुन्त मूल्य घटाउनुपर्छ ।' निगमलाई १५ दिनमा करिब ९९ करोड रुपैयाँ नाफा भएको छ । निगमले पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?