अमेरिकालाई ‘सबैभन्दा बढी क्षति’ पुर्याउने क्युबाली जासुस रिहा
अमेरिकाले क्युबाली जासुस एना मोटेन्सलाई २० वर्षभन्दा बढी समय जेलमा बिताएपछि रिहा गरेको छ । एनालाई अमेरिकाको पकडमा आउने शीत युद्धकी सबैभन्दा उत्कृष्ट जासूस मानिन्छ ।
६५ वर्षीया एना मोन्टेसले करिब दुई दशकसम्म क्युवाका लागि जासुसी गरेकी छिन् । उनले अमेरिकाको डिफेन्स इन्टेलिजेन्स एजेन्सीमा विश्लेषकको रूपमा काम गरिन् ।
सन् २००१ मा उनको गिरफ्तारी पछि, अधिकारीहरूले एनाले अमेरिकाको सम्पूर्ण खुफिया कार्यहरू लगभग पूर्ण रूपमा खुलासा गरिसकेकी थिइन् भन्ने जानकारी दिएको थियो ।
एक अधिकारीले भने, ‘उनी सबैभन्दा बढी क्षती पुर्याउने जासुसमध्ये एक थिइन् ।’
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा काउन्टर इन्टेलिजेन्सका प्रमुख मिशेल भान क्लीभले सन् २०१२ मा संसदमा एनाबारे कुरा उठाएकी थिइन् ।
एनाको गिरफ्तारी पछि, उनीमाथि चार अमेरिकी जासुसको पहिचान खुलाएको र गोप्य जानकारी दिएको आरोप लगाइएको थियो ।
उनलाई २५ वर्षको जेल सजाय सुनाइयो थियो र न्यायाधीशले उनीमाथि पूरै देशलाई खतरामा पारेको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण