मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डसँग माधव र उपेन्द्रको भेटघाट

आइतबार, २४ पुस २०७९, १० : ५२
आइतबार, २४ पुस २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटघाट गरी रहेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रचण्डसँग नेपाल र यादवले भेटघाट गरी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने भएपछि नेपाल र यादवले भेटघाट गर्न गएका हुन् । नेपाल र यादव नेतृत्वको पार्टीबाट विश्वासको मत लिनुका साथै सरकारमा सहभागी गराउन प्रचण्ड लागि परेका छन् । 

३ वटै दलले वाम शक्तिहरु बीचको एकताका लागि कार्यदल समेत बनाएका छन् । यदि एकता हुन नसकेमा मोर्चा बनाएर तयारी गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप