मेनपावर कम्पनीले एक महिनाभित्रमा आफ्नो विवरण अपडेट गर्नुपर्ने
काठमाडौँ । वैदेशिक रोजगार विभागले मेनपावर व्यवसायीहरुलाई एक महिनाभित्रमा आफ्नो विवरण अपडेट गराउन निर्देशन दिएको छ । उनीहरूलाई आफ्नो सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा अपडेट गर्न भनेको हो ।
कतिपय मेनपावर कम्पनीहरूले आफ्नो संस्थालाई कानूनबमोजिम व्यवस्थित रूपमा सञ्चालन नगरेको पाइएपछि विभागले अद्यावधिक गर्न भनेको हो । दर्ता रहेका मेनपावर कम्पनीहरु व्यवस्थित नहुँदा विभागलाई आफ्नो दैनिक कार्य सञ्चालन, प्रशासन सञ्चालनमा समेत बाधा परेको भन्दै विभागले उनीहरूलाई एक महिनाभित्र आफ्नो संस्थाका बारेमा अद्यावधिक विवरणहरू फेमिसमा अपलोड गर्न भनेको हो ।
मेनपावर कम्पनीहरुले कम्पनी रहेको ठेगाना, फोन नम्बर, फ्याक्स नम्बर, इमेलसहित लाइसेन्स, शेयर लगत, गुगल नक्सा, सञ्चालकको नामसहित तीन पुस्ते विवरण, नागरिकता, संस्थाको परिचयपत्र, संस्थामा कार्यरत कर्मचारीको विवरण लगायतका सम्पूर्ण विवरण विभागमा पठाउन भनेको छ ।
वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्दै सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हक हितको संरक्षण गर्नको लागि वैदेशिकरोजगारऐन २०६४ कार्यान्वयनमा रहेको छ । सोही ऐनको प्रावधान बमोजिम वैदेशिक रोजगार नियमावली २०६४ समेत कार्यान्वयनमा रहेको छ । विभागले सोही आधारमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्रदान गर्दै आएको छ र उनीहरूलाई मनिटरिङ गर्दै आएको छ ।
विभागबाट इजाजत प्राप्त गरे पश्चात् प्रत्येक इजाजत पत्रवाला संस्थाले आफ्नो संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने हुन्छ । तर, कतिपय संस्थाहरू व्यवस्थित रूपमा सञ्चालन नभएकाले विभागले अनलाइन प्रणालीमा प्रविष्ट गर्न भनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण