कालिञ्चोक दर्शनको आईपीओ माघ ३ देखि
आइतबार, २४ पुस २०७९, १२ : ०२

दोलखामा सञ्चालित कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित ८ लाख ९६ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको हो ।
यसअघि, दर्शनले १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरूलाई बिक्री गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ५४ हजार कित्ता सेयर बिक्री गरिसकेको कम्पनीले कर्मचारीका लागि २१ हजार ६०० कित्ता सेयर बाँडफाँड गरिसकेको जनाइएको छ ।
कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट रहेको छ । आईपीओमा माघ ६ गतेसम्ममा आवेदन दिनुपर्ने छ । उक्त अवधिमा आईपीओ नबिकेमा माघ १७ गतेसम्म समयावधि थप हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन प्रधानमन्त्रीको आग्रह
-
मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्त हुन्छ : प्रधानमन्त्री
-
सप्तरीस्थित ठकन झाको ‘त्रिशक्ति मन्दिर’
-
कांग्रेसले बोलायो संसदीय दलको बैठक
-
आगामी बजेटमा कसरी हुँदैछन् करका दर संशोधन ?
-
खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान