कालिञ्चोक दर्शनको आईपीओ माघ ३ देखि
आइतबार, २४ पुस २०७९, १२ : ०२
दोलखामा सञ्चालित कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित ८ लाख ९६ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको हो ।
यसअघि, दर्शनले १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरूलाई बिक्री गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ५४ हजार कित्ता सेयर बिक्री गरिसकेको कम्पनीले कर्मचारीका लागि २१ हजार ६०० कित्ता सेयर बाँडफाँड गरिसकेको जनाइएको छ ।
कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट रहेको छ । आईपीओमा माघ ६ गतेसम्ममा आवेदन दिनुपर्ने छ । उक्त अवधिमा आईपीओ नबिकेमा माघ १७ गतेसम्म समयावधि थप हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण