जसपा मधेस प्रदेश : संसदीय दलको नेताका लागि भोलि निर्वाचन
आइतबार, २४ पुस २०७९, २० : ३७
बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता चयनका लागि भोलि सोमवार निर्वाचन हुने भएको छ । पार्टी संसदीय दलको नेता चयनका लागि सहमतिबाट टुंगो लाग्न नसकेपछि निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि पार्टीको निर्वाचन समितिले आज निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ । जसपा नेपालको संसदीय दलको नेताको लागि लालबाबु राउत, सरोजकुमार यादव र रामआशिष यादवले दाबी गरेका छन् ।
आइतबार बसेको निर्वाचन समितिको बैठकले निर्वाचन तालिका सार्वजनिक गरेको छ । भोलि हुने निर्वाचनका लागि जसपा नेपालका मधेस प्रदेशका १६ जना सांसदहरूले मतदान गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा बेवारिसे अवस्थामा निजी कार बरामद
-
कर्तव्य ज्यान घटनामा फरार नौ वर्षपछि पक्राउ
-
साइबर अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै साइबर ब्यूरो
-
फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
-
शिक्षा मन्त्रालयको समितिले काम नगरेपछि पूर्वसचिवको नेतृत्वमा अर्को समिति गठन
-
इजरायल र हमासबिच युद्धविरामको प्रयास तीव्र