जसपा मधेस प्रदेश : संसदीय दलको नेताका लागि भोलि निर्वाचन
आइतबार, २४ पुस २०७९, २० : ३७
बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता चयनका लागि भोलि सोमवार निर्वाचन हुने भएको छ । पार्टी संसदीय दलको नेता चयनका लागि सहमतिबाट टुंगो लाग्न नसकेपछि निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि पार्टीको निर्वाचन समितिले आज निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ । जसपा नेपालको संसदीय दलको नेताको लागि लालबाबु राउत, सरोजकुमार यादव र रामआशिष यादवले दाबी गरेका छन् ।
आइतबार बसेको निर्वाचन समितिको बैठकले निर्वाचन तालिका सार्वजनिक गरेको छ । भोलि हुने निर्वाचनका लागि जसपा नेपालका मधेस प्रदेशका १६ जना सांसदहरूले मतदान गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण