कविता : विना विभागीय मन्त्री
सोमबार, २५ पुस २०७९, १० : १६
के न कसो गर्नु अब
क कल्लाई मात्र भन्नु
साह्रै अप्ठेरो रहेछ
विना विभागीय मन्त्री बन्नु
मन्त्री पाउने भन्नासाथ सोझै
शपथ लिन दौडियो
यो सिट ऊ सिट मतलब भएन
झुण्डिएरै भए नि छिरियो
समस्या ल्याएका जनता
टुलुटुलु हेर्छन् मात्र
पत्रकार मसला भेटिएझैँ
वरिपरि घेर्छन् मात्र
के गर्नुहुन्छ कहिले टुङ्गो हुन्छ
सोध्छन् कामकाज के हो
दृढ निर्णय निश्चित भिजन नहुँदा
छर्लङ्ग छ यो हाल जे हो
यो चाहिँ क्षेत्रमा काम गर्छु भनी
सक्नुपर्ने रहेछ योजना भन्न
अहिले लागिरहेछ सांसद बनेको
जुनै भएपनि मन्त्री बन्न
भो भो बाबा अब हुँदो रहेनछ
विना विभागीय मन्त्री खान
जनताको निम्ति काम गर्न
पर्दो रहेछ मन्त्रालय तोकेरै जान
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण