ब्राजिल हिंसा : मन्त्रीको दाबी – बोल्सोनारो समर्थकले राष्ट्रपति निवासबाट हतियार चोरेर लगे
सोमबार, २५ पुस २०७९, १० : १३
ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाका एक क्याबिनेट मन्त्रीले आइतबार प्रमुख भवनहरूमा भएको हिंसामा संलग्न बोल्सोनारो समर्थकले राष्ट्रपति निवासबाट हतियार लिएर गएको दाबी गरेका छन् ।
सञ्चारमन्त्री पालो पिमेन्टाले ट्वीटरमा भिडियो पोस्ट गर्दै भने, ‘हामी संस्थागत सुरक्षा कार्यालयको कोठामा छौँ । यहाँका प्रत्येक ब्रीफकेसमा घातक र गैर–घातक हतियारहरू थिए। ती अपराधीहरूले चोरेका छन् ।’
यद्यपि, ब्राजिल सरकारले आइतबार राष्ट्रपति निवास, संसद र सर्वोच्च अदालतमा आक्रमण गर्ने पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले कति हतियार चोरेका थिए भनेर जानकारी दिएनन् ।
प्रहरीका अनुसार हालसम्म करिब २ सय जना पक्राउ परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण