नेफ्टाले डाक्यो साधारण सभा
काठमाडौँ । चलचित्र प्राविधिक संघ (नेफ्टा) ले अगामी ११ चैत्रमा वार्षिक साधारण सभा बोलाएको छ । अध्यक्ष पुस्कर लामाले आइतबार संघको पूर्ण बैठकबाट साधारण सभाको निर्णय गरेका हुन् । संघले साधारण सभा अगाडि सबै सदस्यलाई सदस्यता नविकरण गर्न समेत अनुरोध गरेको छ ।
संस्था नवीकरण नगरेको, लामो समयको साधारणसभा नबोलाएर अध्यक्ष पुस्कर लामाले संघको दुरुपयोग गरेको आरोपसहित आइतबार आधाभन्दा बढी सदस्यले संघमा तालाबन्दी गर्ने भन्दै नारा र जुलुस गरेका थिए । लामो समयदेखि साधारण सभाका लागि अनाकानी गर्दै आएका लामाले सदस्यहरुको बढ्दो दवाबका कारण साधाण सभाको निर्णय गरेका हुन् ।
‘अध्यक्ष लामालाई संघ बैधानिक तवरले अगाडि बढाउन पटक पटक अग्रह गर्दा पनि नमानेको कारण हामी संस्थामा तालाबन्दी गर्न समेत उत्रिएका थियौ’, पूर्व सचिव अनन्त प्रसाद तिमल्सिनाले भने ‘साधारण सभा डाकिएको छ । त्यो निर्णयको स्वागत छ ।’ संस्थाको नेतृत्व आफुले गर्ने भन्दा पनि संस्थालाई कसरी वैधानिक बनाउने भन्ने बिषयमा साथीहरुसँग मिलेर आफुहरुले आन्दोल गरेको तिमल्सिनाले सुनाए । उनले संस्थाको साधारण सभा मिति तोकिएकोले सबै सदस्यलाई सदस्यता नवीकरण गरेर संस्थाको गतिविधिमा भाग लिन समेत अग्रह गरे । नेफ्टामा ३५०० बढी सदस्य रहेका छन् । करिब ६ बर्षदेखि संस्थाको साधारण सभा हुन सकेको छैन भने ३ वर्षदेखि संस्था नवीकरण नभएको तिमल्सिनाको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण