सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक बलियो भए मात्रै अर्थतन्त्र सबल हुन्छ : अध्यक्ष गोल्छा

सोमबार, २५ पुस २०७९, ११ : ५५
सोमबार, २५ पुस २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन् । सोमवार काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको बताए । उनले तरलताको अभावमा व्यापारहरू संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको पनि बताए ।

उनले वर्तमान अवस्थामा केही सुधारको अवस्था देखिएको बताए । उनले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको बताए । उनले मौद्रिक नीतिमा क्यालकुलेट रिस्क लिनैपर्ने अहिलेको आवश्यकता भएको बताए । उनले सेफ्टी हेरेर मात्रै अघि बढ्ने हो भने समृद्धिको अपेक्षा पूरा गर्न नसकिने बताए । उनले बैंक बलियो भए मात्रै अर्थतन्त्र सबल हुने बताए ।

उनले भने, ‘बैंक बलियो भएपछि अर्थतन्त्र सबलता आउँछ, स्थिरता आउँछ, बैंक बलियो हुनु अर्थतन्त्रको लागि मेरुदण्ड हो । बैंकले नाफा गर्नै पर्छ । बैंकले नाफा गरेपछि मात्रै लगानी बढ्छ र अर्थतन्त्र सबल हुन्छ । बैंक बलियो भएपछि मात्रै अर्थतन्त्र सबल हुनेछ । आर्थिक परिदृश्य चुनौतीपूर्ण समयमा छौँ राजश्व घटेको छ, रोजगारी गुमाएका छन्, मुद्रास्फीति ८ देखि ९ प्रतिशतसम्म पुगेको छ । मनोबल गिरेको छ । तरलताको अभावमा व्यापारहरू संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको छ ।’

उनले पछिल्ला दिन केही सुधारका संकेत देखिएको बताउँदै भने, ‘केही सुधारका संकेत देखिएका छन्, तरलतामा सुधार भएको छ, रेमिट्यान्स बढेको छ । व्यापार व्यवसाय सुधार भएको देखिएको छ । सरकारी खर्च बढ्नुपर्छ, सरकारले जबसम्म विकास खर्च बढाउँदैन अर्थतन्त्र चलायमान हुँदैन । मौद्रिक नीतिमा क्याकुलेटेट रेस्क लिनैपर्छ । सेफ्टी हेरेर अघि बढ्ने हो भने हामी लक्ष्यअनुसार पुग्दैन । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाइकन समृद्धि पाउन सकिँदैन । कसरी लगानी प्रेरित गर्ने, कसरी उकास्ने निजी क्षेत्रलाई भन्ने कुरामा सोच्नुपर्छ ।’

अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाएसम्म देशमा समृद्धि सम्भव नरहेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप