खेलहरूको प्रवर्द्धनमा खुकुरी रमको सहकार्य
काठमाडौँ । दि नेपाल डिस्टीलरिजको उत्पादन ‘खुकुरी रम’ले खेलहरूको प्रवर्द्धन र खेलाडीहरूको मनोबल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरूमा सहकार्यको अभ्यास सुरु गरेको छ ।
हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य सहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रवर्द्धन र खेलाडीहरूको मनोबल वृद्धिका लागि आफूहरूले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदीक्षा अधिकारीले जानकारी दिइन् ।
खुकुरी रमले खेलहरूको प्रवर्द्धनका लागि यस्ता इभेन्टहरूमा सहकार्य गरेको यो पहिलो पटक भने होइन । यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेस्ट प्रिमियर लिगमा समेत आफूहरूले सहकार्य गरेको अधिकारीले बताइन् ।
आफूहरूले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिको रूपमा रहेका खेलाडीहरूको मनोबल समेत वृद्धि हुने अपेक्षा गरेको उनको भनाई छ । खुकुरी रमले हिमाल सरसफाइ, दुर्गमका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रीमा सहयोगजस्ता सामाजिक सेवामा समेत आफ्नो सक्रियता देखाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण