शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खेलहरूको प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

सोमबार, २५ पुस २०७९, १३ : ०६
सोमबार, २५ पुस २०७९

काठमाडौँ । दि नेपाल डिस्टीलरिजको उत्पादन ‘खुकुरी रम’ले खेलहरूको प्रवर्द्धन र खेलाडीहरूको मनोबल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरूमा सहकार्यको अभ्यास सुरु गरेको छ । 

हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य सहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रवर्द्धन र खेलाडीहरूको मनोबल वृद्धिका लागि आफूहरूले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदीक्षा अधिकारीले जानकारी दिइन् । 

खुकुरी रमले खेलहरूको प्रवर्द्धनका लागि यस्ता इभेन्टहरूमा सहकार्य गरेको यो पहिलो पटक भने होइन । यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेस्ट प्रिमियर लिगमा समेत आफूहरूले सहकार्य गरेको अधिकारीले बताइन् । 

आफूहरूले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिको रूपमा रहेका खेलाडीहरूको मनोबल समेत वृद्धि हुने अपेक्षा गरेको उनको भनाई छ । खुकुरी रमले हिमाल सरसफाइ, दुर्गमका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रीमा सहयोगजस्ता सामाजिक सेवामा समेत आफ्नो सक्रियता देखाउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप