प्रदेश १ मा आलोपालो हुन्छ, सहमति सच्चिन्छ : राम कार्की
सोमबार, २५ पुस २०७९, १३ : १५
विराटनगर । नेकपा (माओवादी केन्द्र) का सचिव तथा प्रदेश १ का इन्चार्ज राम कार्कीले प्रदेश १ सरकार आलोपालो हुने बताएका छन् । उनले केन्द्रले गरेको निर्णय करेक्सन गराउन पहल भइरहेको पनि बताए । `हामीले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेका छौँ,´ कार्कीले भने, `उहाँले हिजाे भएको सहमति करेक्सन हुन्छ भन्नुभएको छ ।´
कार्कीले एमालेले जसाेजसाे भन्यो त्यसै त्यसै माओवादीले नगर्ने बताए । केन्द्रको निर्णयमा आलोपालो नगरेपछि प्रदेश १ सरकारमा आफूहरू नजाने माओवादी केन्द्रले बताएको छ । प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की आइतबार नियुक्त भएका छन् । उनलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने तयारी छ । आजै उनले सानो आकारको मन्त्री मण्डल निर्माण गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण