घट्यो आन्तरिक तर्फको हवाई भाडा
काठमाडौँ । एयरलाइन्स कम्पनीहरूको संस्था वायु सेवा सञ्चालक संघले आन्तरिक तर्फको हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य २० रुपैयाँ घटाएसँगै कम्पनीहरूले मूल्य समायोजन गरेका हुन् ।
यसअघि, हवाई इन्धनको मूल्य बढी भएको भन्दै वायु सेवा कम्पनीहरूले हवाई भाडा समेत महँगो राखेका थिए । तर, चर्को विरोध भएसँगै निगमले आजदेखि लागू हुने गरेर हवाई इन्धनको मूल्य समायोजन गरेको थियो । यससँगै, आन्तरिकतर्फका सबै प्रकारका हवाई भाडा समायोजन भएको संघले जनाएको छ ।
यससँगै, यसअघि प्रतिलिटर १९० रुपैयाँ रहेको हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ । हवाई इन्धनको मूल्य घटेसँगै नियमित र चार्टडतर्फको हवाई मूल्य घटेको संघले जनाएको छ । यसमध्ये काठमाडौँ–धनगढीको मूल्य सबैभन्दा धेरै घटेको छ । संघका अनुसार काठमाडौँ–धनगढीको हवाई भाडा ८८५ रुपैयाँले घटेको छ ।
यस्तै, काठमाडौँ–नेपालगन्जको भाडा ६५५ रुपैयाँ घटेको छ भने काठमाडौँ–भद्रपुरको भाडा ६०० रुपैयाँले घटेको छ । यसैगरी, काठमाडौँ–सुर्खेतको भाडा ६९० रुपैयाँले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण