आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

घट्यो आन्तरिक तर्फको हवाई भाडा

सोमबार, २५ पुस २०७९, १३ : ३०
सोमबार, २५ पुस २०७९

काठमाडौँ । एयरलाइन्स कम्पनीहरूको संस्था वायु सेवा सञ्चालक संघले आन्तरिक तर्फको हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य २० रुपैयाँ घटाएसँगै कम्पनीहरूले मूल्य समायोजन गरेका हुन् ।

यसअघि, हवाई इन्धनको मूल्य बढी भएको भन्दै वायु सेवा कम्पनीहरूले हवाई भाडा समेत महँगो राखेका थिए । तर, चर्को विरोध भएसँगै निगमले आजदेखि लागू हुने गरेर हवाई इन्धनको मूल्य समायोजन गरेको थियो । यससँगै, आन्तरिकतर्फका सबै प्रकारका हवाई भाडा समायोजन भएको संघले जनाएको छ ।

यससँगै, यसअघि प्रतिलिटर १९० रुपैयाँ रहेको हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ । हवाई इन्धनको मूल्य घटेसँगै नियमित र चार्टडतर्फको हवाई मूल्य घटेको संघले जनाएको छ । यसमध्ये काठमाडौँ–धनगढीको मूल्य सबैभन्दा धेरै घटेको छ । संघका अनुसार काठमाडौँ–धनगढीको हवाई भाडा ८८५ रुपैयाँले घटेको छ ।

यस्तै, काठमाडौँ–नेपालगन्जको भाडा ६५५ रुपैयाँ घटेको छ भने काठमाडौँ–भद्रपुरको भाडा ६०० रुपैयाँले घटेको छ । यसैगरी, काठमाडौँ–सुर्खेतको भाडा ६९० रुपैयाँले घटेको छ ।

Hawai Bhada

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप