‘सुन्तली’ ले बनाइन् वेब सिरिज ‘मै राम्री’
सोमबार, २५ पुस २०७९, १३ : ३१
काठमाडौँ । हास्य कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ को निर्देशन रहेको वेब सिरिज ‘मै राम्री’ आगामी बिहीबार (पुस २८) देखि प्रसारण हुने भएको छ । सामाजिक विषयवस्तुमा निर्माण भएको सिरिजमा विशेष गरी बालबालिका र युवाहरूमा आउने उतारचढावको कथा बुनिएको छ ।
‘धुर्मुस सुन्तली’ युट्युव च्यानलबाट प्रत्येक बिहीबार साँझ ६ः४५ मा सार्वजनिक हुने सिरिजमा युवापुस्ताको जीवनमा आउने उताढचढाव देखाउन खोजिएको निर्देशक घिमिरेले बताइन् । उनका अनुसार सिरिजको केही भाग छायाङ्कन भइसकेको र केही भाग छायाङ्कन तयारीमा छ ।
शुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानिया, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण