समाचार
प्रतिनिधिसभामा प्रचण्ड : नयाँ दलहरुको संसद प्रवेशलाई हृदयदेखि स्वागत छ
सोमबार, २५ पुस २०७९, १३ : ५०
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रवेश गरेका नयाँ दलहरुलाई स्वागत गरेका छन् । प्रचण्डले यो पटक प्रतिनिधि सभामा नयाँ दलहरुको प्रवेश भएको बताउँदै नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको उल्लेख गरे । नयाँ दलमा केही गर्ने चाहना र हुटहुटी रहेको भन्दै सो यो संसदको पूँजीको रुपमा रहेको बताए ।
उनले भने– ‘मलाई विश्वास छ तपाईहरुको आवेग रचनात्मक हुनेछ । संसदमा तपाईहरुलाई हृदयदेखि नै स्वागत छ । यो संसदको अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ । केही हुँदैन भन्ने हीन भावनाको ठाउँमा गरे के हुँदैन आशा र उत्साह जगाउनुछ ।’ उनले राजनीतिको भावनालाई आर्थिक उन्नतीमा लगाउनुपर्ने र राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण