आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रतिनिधिसभामा प्रचण्ड : नयाँ दलहरुको संसद प्रवेशलाई हृदयदेखि स्वागत छ

सोमबार, २५ पुस २०७९, १३ : ५०
सोमबार, २५ पुस २०७९

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रवेश गरेका नयाँ दलहरुलाई स्वागत गरेका छन् । प्रचण्डले  यो पटक प्रतिनिधि सभामा नयाँ दलहरुको प्रवेश भएको बताउँदै नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको उल्लेख गरे । नयाँ दलमा केही गर्ने चाहना र हुटहुटी रहेको भन्दै सो यो संसदको पूँजीको रुपमा रहेको बताए । 

उनले भने– ‘मलाई विश्वास छ तपाईहरुको आवेग रचनात्मक हुनेछ । संसदमा तपाईहरुलाई हृदयदेखि नै स्वागत छ । यो संसदको अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ । केही हुँदैन भन्ने हीन भावनाको ठाउँमा गरे के हुँदैन आशा र उत्साह जगाउनुछ ।’ उनले राजनीतिको भावनालाई आर्थिक उन्नतीमा लगाउनुपर्ने र राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप