आर्यन खानकी प्रेमिका भनेर चर्चामा आएकी पाकिस्तानी नायिका को हुन् ?
पाकिस्तानी नायिका सादिया खान आजकाल चर्चामा छिन् । चर्चामा आउनुको कारण पनि निकै रोचक छ । वास्तवमा सादिया खानले दुबईमा आफ्ना साथीहरुसँग विशेष तरिकाले नयाँ वर्ष मनाएकी थिइन् । नयाँ वर्षको पार्टीबाट आर्यन खानको सादियासँग तस्बिर सार्वजजिक भएको थियो ।
फोटोमा आर्यन र सादिया सँगै पोज दिइरहेको देखिए । आर्यनसँग सादियाको तस्बिर सोसल मिडियामा तीब्र रुपमा भाइरल भयो, त्यतिबेला देखि नै सादिया खान चर्चामा छिन् । कतिले सादियालाई आर्यन खानकी प्रेमिकासमेत भने तर भारतीय मिडियाले यी दुईबीच त्यस्तो केही पनि नभएको बताएको छ । अब यहाँ प्रश्न के उठ्छ भने सादिया को हुन् ? आउनुहोस्, उनीबारे केही जानकारी लिऔँ ।
सादिया खान पाकिस्तानी सिनेमाकी चर्चित नायिका हुन् । सादिया थुप्रै टिभी सिरियलमा देखिइसकेकी छिन् । सादियाले आफ्नो शो खुदा और मोहब्बत, शायद, यारियां, मरियम पेरियाराबाट चर्चा बटुलिसकेकी छिन् ।
सादिया खान वास्तविक जीवनमा सुपर ग्ल्यामरस र स्टनिङ छिन् । सादिया सोसल मिडियामा निकै सक्रिय छिन् । इन्स्टाग्राममा उनका १.८ मिलियन फलोअर्स छन् । उनी धेरैजसो आफ्नो ग्ल्यामरस तस्बिर सेयर गरिरहन्छिन् ।
उनका तस्बिर सोसल मिडियामा धेरैले मन पराउने गर्छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण