परिवारसहित सगरमाथा क्षेत्र पुगे नेपालका लागि अमेरिकी राजदूत थम्पसन
सोमबार, २५ पुस २०७९, १६ : २१
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले परिवारका सदस्यसहित सोलुखुम्बुको सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सोमबार नेपालका लागि अमेरिकी दूतावासको सामाजिक सञ्जालमार्फत राजदूत थमसन परिवारले हेलिकोप्टर मार्फत सगरमाथा क्षेत्र भ्रमण गरेको तस्बिर सार्वजनिक गरिएको हो ।
पारिवारिक तस्बिरका साथ राजदूत थम्पसनले भनेका छन्,‘सगरमाथाको यो सुन्दर दृश्य र हिउँले ढाकिएको चुचुराहरूमा जलवायु परिवर्तनको प्रभावबारे सुनेको कुराहरू बारे हामी अझैं पनि सोच्दै छौं । मेरो परिवारसँग यो अनुभव साझा गर्न पाउनु अविश्वसनीय थियो । यो अनुभवले हामीलाई जलवायु परिवर्तन विरुद्ध लड्न र भविष्यका पुस्ताहरूका लागि यसको संरक्षण गर्ने आवश्यकताको महत्त्वको सम्झना पनि गराएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण