सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन: सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु नहुने बताएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा सरकारले हचुवामा प्रस्तावहरू ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिनु नहुने बताएका हुन् । उनले संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताए । उनले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबन्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागेर देशको लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिए । उनले नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गर्नुपर्ने बताए । उनले गठबन्धन पद र पैसामा गर्नु नहुने भन्दै नेपालको हित नहेर्नेहरू नेपाली नागरिक हुन नसक्ने बताए ।
उनले भने, ‘संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक छ । सरकारको रोहबर छाप बनाउनु हुँदैन । सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबन्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ, सरकारले विगतमा झैँ नगरे के होला र ? सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन । हरेक निर्वाचन क्षेत्रबाट दुई दुई सय युवा वैदेशिक रोजगारीमा पठाउने निर्णय अहिले जटिल भयो । यसले नेपालको अर्थतन्त्र समाप्त पार्दै छ । जङ्गल मासेर रङ्गशाला र अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पनि उस्तै जटिल भयो । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल भारतको समर्थन लिनुपर्ने गरी कसले फसाएको हो ? नेमकिपाले यो विमानस्थलको प्रस्तावकै बेला प्रश्न उठाएको हो । गठबन्धन पद र पैसामा गर्नु हुँदैन । नेपालको हित नहेर्नेहरू नेपाली नागरिक हुन सक्दैनन् ।’
सांसद सुवालले एसपीपी र एमसीसी नेपालको हित विपरीत रहेको रहेको भन्दै किन खारेज नगर्ने भन्दै संसदमा प्रश्न उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण