यसरी लाग्यो लालबाबुको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक
जनकपुरधाम । सोमबार जसपा नेपाल मधेस प्रदेशको दलको नेतामा निवर्तमान सभामुख सरोज यादव चयन भएपछि मुख्यमन्त्री लालबाबु राउतको पुनः मुख्यमन्त्री बन्ने सपनामा ‘ब्रेक’ लागेको छ ।
मुख्यमन्त्री राउत पुनः दलको नेता भई मधेस प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा रहे पनि उनलाई आफ्नै पार्टीका सरोज यादवले उछिनेका छन् । दलको नेतामा चुनिएसँगै यादव मुख्यमन्त्री बन्ने लगभग पक्कापक्की भएको छ ।
केन्द्रकै राजनीतिक समीकरण अनुसार मधेस प्रदेशमा राजनीतिक कोर्ष अघि बढ्ने निश्चित देखिएपछि जसपा दलको नेता चयनमा सकस बनेको थियो । प्रदेश कमिटी र पार्टी अध्यक्ष समेतले सहमतिमै दलको नेता चयन गर्न प्रयास गरे पनि सहमति हुन नसकेपछि आज निर्वाचनको कार्यक्रम तय गरिएको थियो ।
मधेस प्रदेशमा १६ सांसदसहित तेस्रो र निर्णायक दल रहेको जसपामा दलको नेता बन्न राउत र यादवबीच चुनावी प्रतिस्पर्धा हुने तय भएको थियो । दुवैले उम्मेदवारी दिए पनि अन्तिम समयमा पार्टीका सांसदहरुको साथ नपाउने देखेपछि राउत ‘ब्याक’ हुन बाध्य भए ।
पुस २१ र २२ गते जनकपुरधाममा दलको नेता चयन गर्न गठित समितिको बैठक निरन्तर चल्यो । तर, आकांक्षी बढी देखिएपछि समितिले दलको नेता चयन गर्न सकेन । त्यसपछि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नेता चुन्ने अधिकार दिइयो । तर यादवले दलको नेता छनौट गर्न प्रदेश कमिटीलाई निर्देशन दिए । पार्टीका नेता लालकिशोर साहको नेतृत्वमा गठन भएको उक्त समितिको बैठक आइतबार बसेर सोमबार निर्वाचन प्रक्रियाबाट दलको नेता छान्ने निर्णय ग¥यो ।
राउतको पक्षमा करिब ४–५ जना सांसद देखिए पनि उनले उम्मेदवारी दिने निधो गरेका थिए । तर आफ्ना प्रस्तावकले नै आफूलाई मत नदिने सुइँको पाएपछि यादवलाई समर्थन गर्ने निर्णयमा उनी पुगे ।
को हुन् दलका नेता यादव ?
निवर्तमान सभामुख तथा जसपा मधेस प्रदेश संसदीय दलको नेतामा चयन भएका यादव बारा १ (२) बाट प्रदेशसभा निर्वाचनमा विजयी भएका हुन् । उनी ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएर मधेस प्रदेशका सभामुख भएका थिए ।
तत्कालीन समयमा राजपाबाट निर्वाचित उनी पार्टी एकतापछि जसपामा रहे । तर जसपा विभाजन भएपछि उनी सभामुख भएका कारण कुनै पनि पक्षमा खुलेका थिएनन् । निर्वाचनमा उनले जसपाबाटै टिकट पाए र उम्मेदवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण