चिकित्सक संघद्वारा १ लाख राशिको अवार्डका लागि आवेदन माग
काठमाडौं । नेपाल चिकित्सक संघले दुई जना चिकित्सकलाई अवार्ड प्रदान गर्न आवेदन आह्वान गरेको छ । मानव सेवा परोपकारी ट्रस्ट, रुपा फाउन्डेसनको सहकार्यमा वितरण गर्न लागिएको अवार्डका लागि संघले माघ २ गतेसम्म आवेदन दिन सकिने सूचना जारी गरेको हो ।
संघले दुई जना चिकित्सक ( महिला/पुरुष )लाई एक-एक लाख रुपैयाँ राशिसहितको अवार्ड प्रदान गर्ने अध्यक्ष डा. लोचन कार्कीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । चिकित्सक संघको स्थापना भएको दिन फाल्गुन २० को अवसरमा अवार्ड प्रदान गरिनेछ ।
अवार्डका लागि न्यूनतम मापदण्ड
–स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सार्वजनिक व्यक्ति वा पदाधिकारी नेपाली नागरिक र नेपाल चिकित्सक संघको आजीवन सदस्य हुनुपर्ने,
–नयाँ सेवा स्थापनाको लागि रचनात्मक भूमिका निर्वाह गरेको हुनुपर्ने ,
–आफू कार्यरत संस्थाको वृद्धि विकासका लागि उल्लेख्य योगदान पुर्याएको हुनुपर्ने ,
–सहज र सुलभ स्वास्थ्य सेवा प्रवाह गरेको हुनुपर्ने,
–खोज तथा अनुसन्धान कार्यमा उल्लेखनीय योगदान पुर्याएको हुनुपर्ने,
–आफूले अध्ययन गरेको विषयमा नवीनतम ज्ञानको प्रादुर्भाव गरी चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको हुनुपर्ने ,
–व्यावसायिक रूपमा दक्षता हासिल गरी समाजमा इज्जत, प्रतिष्ठा कमाएको हुनुपर्ने,
–कार्यरत संस्थाको सफल नेतृत्वदायी भूमिका निर्वाह गरी समुदायले मन पराएको हुनुपर्ने,
–स्वास्थ्य सेवामा कम्तीमा पनि १० वर्ष सेवा अवधि पुरा गरेको हुनुपर्ने,
–गरिब, निमुखा र पिछडिएका नागरिकहरूलाई विशेष प्राथमिकता राखी स्वास्थ्य सेवा प्रवाह गरेको हुनुपर्ने,
–आपत्कालीन अवस्थामा समेत नागरिकहरूको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको हुनुपर्ने,
–समुदायमा गई आधारभूत स्वास्थ्य सेवाका क्षेत्रमा जनचेतना जागृत गरेको हुनुपर्ने,
–निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरी ग्रामीण भेगका जनतालाई स्वास्थ्य सेवा प्रवाह गरेको हुनुपर्ने,
–विशेष गरी महिला, बालबालिका तथा बृद्धबृद्धाको स्वास्थ्य अवस्था सुदृढीकरणका लागि अहम भूमिका निर्वाह गरेको हुनुपर्ने,
–सामाजिक मूल्य मान्यता र रुढीवादी परम्परालाई चिर्ने गरी स्वास्थ्यका क्षेत्रमा जनचेतना जागृत गरेको हुनुपर्ने,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण