ट्रेजरीको ब्याजदर वर्षकै न्यून बिन्दुमा
बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा ओर्लिएको छ । सोमवार नेपाल राष्ट्र बैंकले २८ दिनको २ अर्ब, ९१ दिनको ८ अर्ब र ३६४ दिनको ६ अर्ब गरी कुल १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा मागभन्दा बढीका लागि आवेदन पर्नुका साथै ब्याजदर पनि न्यूनतम विन्दुमा झरेको हो ।
सोमवार जारी २८ दिने ट्रेजरीमा मागभन्दा १० अर्ब ८९ करोड बढीको बोलकबोल परेको थियो । उक्त ट्रेजरीको ब्याजदर ७ दशमलव ९३ प्रतिशत कायम भएको छ । यसअघि गत साताको २८ दिने ट्रेजरीमा ९ दशमलव १८ प्रतिशत ब्याजदर कायम भएको थियो ।
९१ दिनको ट्रेजरी पनि बोलकबोलभन्दा ५ अर्ब ५२ करोड बढीको माग भएको छ । उक्त ट्रेजरीको ब्याजदर पनि अघिल्लो साताको तुलनामा करीब १ प्रतिशत विन्दुले घटेर १० दशमलव ६ प्रतिशत कायम भएको राष्ट्र बैंकले बताएको छ । यसैगरी ३६४ दिनको ट्रेजरीको ब्याजदर घटेर ११ प्रतिशतमा झर्दा ४ अर्ब ४० करोडभन्दा अधिकका लागि बोलकबोल भएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले पुस १४ गते ४५ दिन अवधिको रिपो जारी गरेको थियो । उक्त रिपोमा ८ दशमलव शून्य ९९ प्रतिशत औसत ब्याजदर कायम भएको थियो । रिपोका कारण बजारमा तरलता सहज भएपछि बैंकहरूले ट्रेजरीमा मागभन्दा अधिक बोलकबोल गरेका थिए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण