इजरायलको नयाँ सरकारद्वारा सार्वजनिक स्थानबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश
इजरायलको नयाँ अति दक्षिणपन्थी सरकारका राष्ट्रिय सुरक्षा मन्त्रीले पुलिसलाई सबै सार्वजनिक स्थानहरूबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश दिएका छन् । इजरायली मन्त्री इटामार बेन–गिभिरले प्यालेस्टिनी झण्डा देखाउनु भनेको ‘आतंकवाद’ लाई समर्थन गर्नु बराबर भएको बताएका छन् ।
अघिल्लो हप्ता लामो समयदेखि सजाय काटिरहेका एक प्यालेस्टिनी कैदीको रिहाईपछि उत्तरी इजराइलमा उनको गाउँलाई रातो, हरियो र कालो रङको ब्यानरले सजाइएको थियो । यसैको प्रतिक्रिया स्वरुप इजराइली मन्त्रीले यस्तो आदेश दिएको बताइएको छ ।
हालको इजराइली कानुन सुरक्षा अधिकारीलाई ती स्थानको मात्रै झण्डा हटाउन अनुमान दिइएको छ जहाँ कानुन व्यवस्था बिग्रने खतरा हुन्छ । बेन गिविरको आदेशलाई प्यालेस्टिनीसँग विवाद बढ्ने अर्को एउटा कारणको रुपमा हेरिएको छ । बिन्यामिन नेतन्याहू सरकारलाई इजराइलको इतिहासमा सबैभन्दा कट्टरपन्थी सरकारमा गन्ती गरिन्छ ।
बेन गिविरले हालै जेरुशेलममा अल–अक्सा मस्जिदको पनि भ्रमण गरेका थिए जसमा साउदी अरब, यूएईसहित थुप्रै मुस्लिम देशले आपत्ति जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण