बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरमा श्रीमान् श्रीमती मृत फेला

मङ्गलबार, २६ पुस २०७९, १५ : ११
मङ्गलबार, २६ पुस २०७९

चितवन । भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले वडा नं २९ लमजुङ्गे टोलमा  बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको बताए ।

 यसैगरी उनकी  श्रीमती २१ वर्षीया शान्ति भनिने बुद्धिमाया राना मगर घरबाहिर आँगनमा रहेको अँगेनाको छेउमा मृतावस्थामा भेटिएको अधिकारीले जानकारी दिए। मृतक बुद्धिमायाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप