कर्णाली एमाले : सरकारबारे निर्णय गर्ने अधिकार यामलाललाई
मङ्गलबार, २६ पुस २०७९, १७ : ४०
सुर्खेत । कर्णाली प्रदेश नेकपा (एमाले) संसदीय दलको बैठकले सम्पूर्ण जिम्मेवारी दलका नेता यामलाल कँडेललाई दिएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने–नहुने, समर्थन गर्ने, नगर्ने लगायतका विषयमा निर्णय गर्ने अघिकार कँडेललाई दिएको हो ।
बैठकमा सहभागी प्रदेश सहइञ्चार्ज गुलाबजङ्ग शाहले सभामुखको बारेमा समेत निर्णय गर्ने अधिकार दल नेताका लागि दिइएको बताए । १३ सिट रहेको एमालेले मुख्यमन्त्रीमा प्रमुख दाबी गरिरहेको थियो । तर केन्द्रबाट नै नेकपा माओवादी केन्द्रको भागमा परेपछि एमाले चिढीँएको छ ।
प्रदेश प्रमुख तिलक परियारले भोलि बुधबार पाँच बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । एमालेले भने आजको बैठकबाट समर्थन गर्ने गर्ने भन्नेबारे निष्कर्ष निकालेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नयाँ क्रियाशील सदस्यता अभियान’ सफल पार्न महिला सङ्घले खटायो प्रतिनिधि
-
मधेसका हाेटलहरूकाे अनुगमन
-
चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
-
‘सरकार विघटनको बाटो खुल्यो’
-
संस्कृति मन्त्रालयले पाँच संस्थाका पदाधिकारी नियुक्त, कहाँ को ?
-
सात वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण