चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
काठमाडौँ । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने विचार गरिरहेको र चीनसँगको इयूको आगामी व्यापार वार्ताले नतिजा दिनुपर्ने उल्लेख गरेकी छन्।
युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने विचार गरिरहेको उनले बताइन् ।यो साता युरोपेली र चिनियाँ उच्च व्यापार अधिकारीहरूबिच भएको वार्तापछि यो टिप्पणी आएको हो । त्यसैगरी इयूका व्यापार आयुक्त मारोस सेफकोभिकले अक्टोबरसम्म बेइजिङसँगको छलफलबाट ‘ठोस नतिजा’ चाहेको बताएका छन् ।
शुक्रबार भोन डेर लेयेनले आयरल्यान्डले ब्लकको छ महिने अध्यक्षता सुरु गरेको अवसरमा कोर्क शहरको भ्रमणका क्रममा इयूले चीनसँग संवाद जारी राख्नुपर्ने बताएकी हुन् ।
“संवादले नतिजा पनि दिनुपर्छ,” चीनसँगको संवादलाई सङ्केत गर्दै भोन डेर लेयेनले थपिन् । ‘युरोपेली बजारमा आउने अनुदान प्राप्त अत्यधिक क्षमताका सामानदेखि लिएर चिनियाँ बजारमा हाम्रा कम्पनीहरूलाई बजार पहुँचको कमी रहेको भन्दै यस बिषयमा उहाँले इयूले वार्तामा ‘अत्यन्त स्पष्ट’ हुनुपर्ने बताइन् ।
‘अनुदानका कारण हुने अनुचित प्रतिस्पर्धा’ को पनि उल्लेख गर्दै उनले भनिन्, “हामी हाम्रो बजारमा अब यो देख्न चाहँदैनौँ।”
सन् २००५ देखि सन् २०२४ सम्म चिनियाँ कम्पनीहरूलाई सरकारबाट आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसीडी) देशका कम्पनीहरूको तुलनामा तीनदेखि आठ गुणा बढी सहयोग प्राप्त भएको थियो।
भोन डेर लेयेनले परिवर्तन नदेखिए इयूले कडा कदम लिन तयार रहेको चेतावनी दिए । “हामी आधारभूत रूपमा सबैका लागि तयार छौँ, हामीसँग सबै उपाय छन् र आवश्यक परे अन्य विकल्पबारे पनि सोचिरहेका छौँ,” उनले भनिन् ।
गत महिना इयू नेताहरूले व्यापार नीतिमा नेतृत्व गर्ने आयोगलाई वार्ता जारी राख्न र समूहका उद्योगहरूलाई बचाउन नयाँ उपाय तयार पार्न निर्देशन दिएका थिए ।
विभिन्न २७ युरोपेली मुलुकको समूह इयूको चीनसँगको वस्तु व्यापार घाटा सन् २०२५ मा करिब ३६० अर्ब युरो पुगेको थियो, अर्थात् इयूले चीनबाट निकासीभन्दा निकै बढी आयात गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
-
‘नयाँ क्रियाशील सदस्यता अभियान’ सफल पार्न महिला सङ्घले खटायो प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण