सरकारका प्रतिबद्धताहरु पूरा गर्न ऊर्जा प्राप्त भयो : प्रधानमन्त्री प्रचण्ड
मङ्गलबार, २६ पुस २०७९, १८ : ४७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । मंगलवार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनलाई हर्ष र गर्वको अनुभूति भएको बताएका हुन् ।
उनले ठुलो जिम्मेवारी र चुनौती थपिएको महशुस गरेको पनि बताए । उनले आफूलाई प्रमुख प्रतिपक्षी दल लगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिबद्धताहरु पूरा गर्न ऊर्जा प्राप्त भएको पनि बताए । सञ्चारकर्मीहरूको प्रतिप्रश्नको जवाफ दिँदै उनले आफूलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रूपमा चित्रण गर्नु नहुने बताए ।
उनले सरकारले गरेका प्रतिबद्धता अनुसार कामहरू अगाडि बढाउने पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण