स्थायी रूपमा पानी पठाउन मेलम्चीको मुख्य बाँध सार्नुपर्ने
मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध (हेडवर्क्स) सार्नुपर्ने देखिको छ। आयोजनामा २०७८ असार १ गतेको बाढीले ठूलो क्षति पुर्याएको थियो। क्षतिको विस्तृत अध्ययन गरेको क्यानडेली टोलीले हेडवर्क्सबाट स्थायी रूपमा पानी पठाउन नसकिने प्रारम्भिक निष्कर्ष निकालेको हो।
प्रारम्भिक अध्ययनले हेडवर्क्स सार्नुुपर्ने निष्कर्ष निकालेको पुनर्गठित मेलम्ची खानीपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमल श्रेष्ठले बताए। उक्त टोली नोभेम्बर ८ मुख्य बाँधस्थल पुगेको थियो। टोलीले करिब १० दिन लगाएर स्थलगत अध्ययन गरेको श्रेष्ठले सुनाए ।
हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा करिब १ अर्ब रुपैयाँमा निर्माणाधीन मुख्य बाँध बाढीले प्रभावित भएपछि त्यसको भूअवस्थाको अध्ययन थालिएको हो। बाढीले क्षति पुर्याएको मुख्य बाँध चलाउन सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्दा स्थायी पानी पठाउन सम्भव नदेखाएको श्रेष्ठले बताए।
आयोजनाको मुख्य ऋण लगानीकर्ता एसियाली विकास बैंक ९एडीबी०ले स्थलगत अध्ययन गराएको हो। यसअघि गत असारमा गरिएको अध्ययनले मेलम्चीमा बाढी आउनुको कारण सहायक नदी पेमदानमा बाढी आउनुलाई देखाएको छ। ‘भू–बनोट कमजोर हुनु र २०७२ सालमा गएको भूकम्पले थप कमजोर बनाउनु नै बाढीको कारण हो’, उक्त प्रतिवेदनमा लेखिएको छ। हेडवर्क्स भएको अम्बाथानभन्दा माथि जोखिम कायमै छ। माथिल्लो भागमा भइरहेको परिवर्तन र मनसुनमा आउने बाढीको जोखिम कायमै रहेको भनिएको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध (हेडवर्क्स) सार्नुपर्ने देखिको छ। आयोजनामा २०७८ असार १ गतेको बाढीले ठूलो क्षति पुर्याएको थियो। क्षतिको विस्तृत अध्ययन गरेको क्यानडेली टोलीले हेडवर्क्सबाट स्थायी रूपमा पानी पठाउन नसकिने प्रारम्भिक निष्कर्ष निकालेको हो।
प्रारम्भिक अध्ययनले हेडवर्क्स सार्नुुपर्ने निष्कर्ष निकालेको पुनर्गठित मेलम्ची खानीपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमल श्रेष्ठले बताए। उक्त टोली नोभेम्बर ८ मुख्य बाँधस्थल पुगेको थियो। टोलीले करिब १० दिन लगाएर स्थलगत अध्ययन गरेको श्रेष्ठले सुनाए। हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा करिब १ अर्ब रुपैयाँमा निर्माणाधीन मुख्य बाँध बाढीले प्रभावित भएपछि त्यसको भूअवस्थाको अध्ययन थालिएको हो। बाढीले क्षति पुर्याएको मुख्य बाँध चलाउन सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्दा स्थायी पानी पठाउन सम्भव नदेखाएको श्रेष्ठले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण