प्रधानमन्त्री प्रचण्ड आज गोरखा आउने
बुधबार, २७ पुस २०७९, ०७ : ५६
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा आउने भएका छन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा आउन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड आजबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा आउन लागेका हुन्। खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै छ ।
यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा पनि बुधबार गोरखा आउँदै छन् । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी गोरखा आउन लागेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान