कलाकार सङ्घको उपाध्यक्षमा रोहित रुम्बाले गरे उम्मेदवारी घोषणा
काठमाडौँ । अभिनेता रोहित रुम्बाले चलचित्र कलाकार सङ्घको आसन्न चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालबाट आफूले उम्मेदवारी दिन लागेको सार्वजनिक गरेका हुन् ।
विगत २१ वर्षदेखि कलाकारितामा सक्रिय रुम्बाले थुप्रै फिल्ममा नायकको रूपमा अभिनय गरेका छन् । नायकको अलावा फिल्म निर्माण समेत गर्दै आएका रुम्बले देशभरका कलाकारको पेसागत हकहितलाई चुनावी एजेन्डाको रूपमा अघि सारेका छन् । रुम्बा अभिनीत पछिल्लो फिल्म ‘लाखे’ गत भदौमा प्रदशमा आएको थियो ।
‘विगत २१ वर्षदेखि कलाकारिता यात्राको क्रम र नेपाली चलचित्र कलाकारिता अनि निर्माणलाई सँंगसगैं लाने क्रममा चलचित्र कलाकार सङ्घको आजीवन सदस्य तथा कार्य समिति सदस्य र नेपाल चलचित्र निर्माता सङ्घको साधारण सदस्य रही काम गरेको अनुभवसँगै नेपाली चलचित्र छेत्रका श्रीवृद्धिका लागि अग्रजहरूलाई सम्मान अनि युवापुस्तालाई प्रोत्साहन गर्दै सबै अट्ने अनि सबै जुट्ने कलाकार सङ्घलाई अझ मर्यादित र व्यावसायिक बनाउँदै लाने अठोटका साथ आउँदो चैत ४ मा हुन गइरहेको आसन्न नेपाल चलचित्र कलाकार सङ्घको अधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवारीको लागि घोषणा गर्दछु ’ रुम्बोले सामाजिक सञ्जालमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण