शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा माओवादीका राजकुमार शर्माले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने, आलोपालोको माग गर्दै एमाले

‘अहिलेसम्म भएन दुई दलबीच ठोस निर्णय’
बुधबार, २७ पुस २०७९, १० : ०८
बुधबार, २७ पुस २०७९

सुर्खेत । कर्णाली प्रदेशमा बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने कार्य तालिका रहेको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा (आर्ट)ले तोकिएको समयभित्रै मुख्यमन्त्रीको दाबी पेस गर्ने गरी तयारी भइरहेको हो । 

यद्यपि नेकपा एमाले– माओवादीबीच पनि औपचारीक रुपमा ठोक निर्णय भइसकेको छैन । मंगलबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले सरकारमा जाने–नजाने, समर्थन गर्ने, नगर्ने विषयको सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको थियो । त्यसपछि दुई दलका नेताहबीच सामान्यतयाः छलफल बाहेक ठोस निर्णय नभएको माओवादी स्रोत बताउँछ । 

माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार सामान्य छलफलमा यामलाल कँडेलले आलोपालो सरकार बनाउनुपर्ने आशय व्यक्त गरेका छन् । यद्यपि केन्द्रीय समीकरणले पाँच वर्षे नै कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउनुपर्ने निर्णय गरेको छ । 

एमाले स्रोतका अनुसार कँडेलले आलोपालो सरकार बनाउनुपर्ने बताउँदै आएका छन् ।  माओवादी प्रदेश इन्चार्ज मल्लले आज ११ बजे दुई दलहरूबिच छलफल हुने र पाँच बजे अगावै माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुखको कार्यालयमा गएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने कार्य तालिका छ । यद्यपि एमालेले अहिलेसम्म कुनै निर्णय गरिसकेको अवस्था छैन ।

सो बैठकमा नै ठोस निर्णय गरेर अघि बढ्ने उनले बताए । यदि एमालेले आलोपालो सरकार बनाउनुपर्ने धारणा राखेको खण्डमा केन्द्रलाई जानकारी गराएपछि मात्रै मुख्यमन्त्रीको दाबी पेस गर्ने माओवादीको तयारी छ । कतिपयले एमालेले कांग्रेससँग पनि समीकरण गर्ने आकलन गरिरहँदा एमालेकै सांसदह भने त्यसो हुन नसक्ने बताइरहेका छन् ।

०७४ मा पनि प्रदेशमा एमालेकै कारण नेकपा विभाजनको डिलमा पुगेको कुरा स्मरण गर्दै एमालेका एक सांसदले भने,‘ कांग्रेससँग मिल्ने भन्ने कुरा बाहिरी हल्ला मात्र हो , ०७४ मा पनि त्यही भएर बिग्रिएको हो । त्यो कुरामा हामी सचेत छौँ । दल भित्र एक जनाले मात्रै चाहेर हुने होइन, केन्द्रको निर्णयको आधारमा अघि बढ्छौँ ।’ 

प्रदेश प्रमुख तिलक परियारले आज अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ । 

शर्मालाई एमालेले समर्थन गरे मात्रै सरकार बनाउनका लागि आवश्यक बहुमत पुग्छ । ४० प्रदेश सभा सदस्यीय सभामा सरकार बनाउन न्यूनतम सिट २१ हो । माओवादीको १३ र एमालेको १० सिट हुँदा पनि सरकार बन्छ भने राप्रपाको एक सिट सहित २४ सिट हुन्छ । 

अहिलेसम्म एमाले–माओवादीबीच नै ठोस निर्णय नहुँदा राप्रपासँग कुनै छलफल हुन् नसकेको सांसद सन्तोषी शाहीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप